चुनावका बेला मतदातासँग गरेका वाचा पूरा गर्छौं: मन्त्री मगर
कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छिन् ।
आज कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताए । सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताइन् । ‘जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं’, उनले भनिन्, ‘यसका लागि काम अगाडि बढाइएका छन् ।’
यसैबीच मन्त्री मगरले आज भीमदत्त नगरपालिका– ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गरेकी छिन् । सो अवसरमा उनले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण