विश्वव्यापी तापक्रम वृद्धिका कारणले सगरमाथा वरपर वनस्पति उम्रन र विस्तार हुन थाल्यो
एजेन्सी । सगरमाथा र हिमालय क्षेत्र वरपर झार र घाँस उम्रिन थालेको छ । हिमालय क्षेत्र संसारमा सबैभन्दा तिव्र गतिमा तापमान वृद्धि भइरहेको क्षेत्र हो ।
हिमक्षेत्र वनस्पतिको वृद्धिले पानीको आपुर्तिमा पार्ने प्रभाव हालसम्म स्पष्ट नभएको भए पनि यसले तल्लो भेगमा बाढी वृद्धि गराउने आशंका गरिएको छ ।
हिमालय क्षेत्र एशियाका १० सबैभन्दा ठूला नदी प्रणालीको मूलस्रोत हो । ती नदीका पानीले १ अर्ब ४० करोड जनसङ्ख्यालाई पानी पु¥याउने गर्छ ।
केही वर्ष यता हिमालय मूल भएका नदीमा बाढीको संख्या वृद्धि भइरहेको परिपक्षेमा नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।
वैज्ञानिकले विश्वको सबैभन्दा उच्च स्थनमा वनस्पति हुर्कने पर्यावरणको पहिचान गर्नको लागि भू–उपग्रहीय तथ्याङ्क प्रयोग गर्ने गरेका थिए ।

साना घाँस र होचा झाडीले बनेका यी पर्यावरण पहिले पहिचान भएको भए पनि पछिल्लो समय निक्कै फराकिलो क्षेत्रमा पाइन थालेको छ ।
नासाको ल्याण्ड–स्याट भू–उपग्रहले सन् १९९३ देखि सन् २०१८ बीचमा खिचेका तस्विरको अध्ययन गरेर एक्सिटर विश्वविद्यालयका अनुसन्धानकर्ताले वनस्पतिको विस्तारको मापन गरेका थिए ।
हिमालय क्षेत्रका हिमनदीको पग्लाई यो शताब्दीको सुरुबाट दोब्बर भएको छ । हालसम्म गुमेका बरफमध्ये एक चौथाई हिउँ पछिल्लो चार दशक गुमायो ।
अनुसन्धानदाताका अनुसार हिमालय क्षेत्रको पर्यावरण जलवायु परिवर्तनप्रति अत्यन्त संवेदनशिल छ ।
‘हिमालयको माथिल्लो भागमा हिउँ पग्लनु खराब समाचार हो ,’ एक्सिटर विश्वविद्यालकी पर्यावरण विश्वविद्यालयकी डा. करेन एण्डरसनले भनिन् ।

हिमालय क्षेत्रमा वनस्पतिको वृद्धिले कस्तो असर पर्छ भन्नेबारोम विस्तृत अध्ययन भएको छैन तर उस्तै हिउँ जमेको आर्टिक क्षेत्रमा बढेको वनस्पतिले प्रकाशबाट थप प्रकाश सोसेको र जमिनबाट पनि ताप लिएर समग्र क्षेत्रको तापमान बढाउन भूमिका खेलेको देखिन्छ ।
‘आर्टिक क्षेत्रमा भएको अध्ययनले बढेका वनस्पतिले हिउँको पग्लाइलाई थप वृद्धि गरेको देखिन्छ । यसो भएमा निक्कै खतरनाक स्थिति आउँछ ,’ एण्डरसनले भनिन्, ‘तर तिब्बती क्षेत्रमा भएको एक अध्ययनमा वनस्पतिका पातबाट वाफिएका पानीले चिसो पारेको देखिएको पनि छ । त्यसैले हिमालय क्षेत्रमा आर्टिक क्षेत्रकै प्रभाव हुने भन्न सकिने अवस्था छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण