युएईका युवराजद्धारा विभिन्न देशका नेताहरुसँग कुराकानी

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन् । उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन् ।
भ्रमणका लागि आएका विडोडोलाई स्वागत गर्दै उनले विभिन्न विषयमा कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन् । ‘आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,’ युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
उनले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिए । विषेश गरेर अर्थतन्त्र,लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उनले बताएका छन् ।
त्यसैगरी उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गरेका छन् । फ्रान्सका राष्ट्रपतिसँग भने उनले टेलिफोनमा कुराकानी गरेका हुन् । ‘मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,’ उनको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ ।
उनले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताए । साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गरेका छन् ।
‘हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,’ युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनु भएका शेख मोहम्मदले ट्वीटरमा लेखेका छन् । उनले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गरेका थिए ।
उनीहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो । –सिन्ह्वा/Photo:www.thenational.ae
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ
-
राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै
-
पर्सामा एक कामदारको मृत्यु
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित
-
बैंकर र व्यवसायी छुट्याएरै छाड्ने राष्ट्र बैंकको अडान