भिजिट भिसा प्रकरण
भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ
सोमबार, १९ जेठ २०८२, २० : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गरेको छ।
- पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने निर्णय गरेको छ।
- रास्वपाले गृहमन्त्रीले अनुसन्धानका लागि पद छाड्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राख्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
उनले भोलि (मंगलबार) बस्ने संसद् बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको बताए ।
‘भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरूलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ’ झाले भने ।
उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिनुपर्ने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण