बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ

सोमबार, १९ जेठ २०८२, २० : ४०
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गरेको छ।
  • पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने निर्णय गरेको छ।
  • रास्वपाले गृहमन्त्रीले अनुसन्धानका लागि पद छाड्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राख्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएको छ । 

सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । 

उनले भोलि (मंगलबार) बस्ने संसद् बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको बताए । 

‘भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरूलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ’ झाले भने । 

उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिनुपर्ने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

rsp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप