बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै

सोमबार, १९ जेठ २०८२, २० : ३५
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ । 

सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दाेलन सुरु हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

यसअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो । अन्यत्र प्रदर्शन गर्न निषेध गरिएपछि राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको हो । 

वर्तमान व्यवस्था विरोधी राजावादीहरूले पछिल्लाे समय राजसंस्था फर्काउन प्रदर्शन गर्दै आएका छन् । 

494828350_594632566985264_5183143357783700934_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप