राजावादी प्रदर्शन
राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै
सोमबार, १९ जेठ २०८२, २० : ३५
काठमाडौँ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ ।
सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दाेलन सुरु हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो । अन्यत्र प्रदर्शन गर्न निषेध गरिएपछि राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको हो ।
वर्तमान व्यवस्था विरोधी राजावादीहरूले पछिल्लाे समय राजसंस्था फर्काउन प्रदर्शन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण