बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशसभाबाट २ वटा विधेयक पारित

सोमबार, १९ जेठ २०८२, १६ : ५४
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेशसभाले 'प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६' र 'प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६' लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित गर्यो।
  • उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै संशोधनले उद्योग र व्यवसायलाई सशक्त बनाउने बताइन्।
  • सभामुख भुवनकुमार पाठकले दुवै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

हेटौँडा । बागमती प्रदेशसभाले सोमबारको बैठकबाट २ वटा महत्त्वपूर्ण विधेयकहरू सर्वसम्मत पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको सोमबार दिउँसो बसेको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित भएका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दुवै विधेयकहरू सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको हो । यसअघि प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ती विधेयकका प्रतिवेदन माथि  दफावार छलफलका लागि प्रदेशसभा बैठकमा पेस गरेकी थिइन् ।

बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । ती दुवै विधेकहरु माथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए । 

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योग र व्यवसायहरूलाई सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने दाबी गरिन् । ती विधेयकमार्फत प्रदेशमा देखिएका केही कानुनी जटिलता समाधान भई उद्योगी व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने उनले विश्वास व्यक्त गरिन् ।

छलफलपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयक पारित गर्न प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप