बागमती प्रदेशसभाबाट २ वटा विधेयक पारित
सारांश
- बागमती प्रदेशसभाले 'प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६' र 'प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६' लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित गर्यो।
- उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै संशोधनले उद्योग र व्यवसायलाई सशक्त बनाउने बताइन्।
- सभामुख भुवनकुमार पाठकले दुवै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
हेटौँडा । बागमती प्रदेशसभाले सोमबारको बैठकबाट २ वटा महत्त्वपूर्ण विधेयकहरू सर्वसम्मत पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको सोमबार दिउँसो बसेको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मत रूपमा पारित भएका हुन् ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले दुवै विधेयकहरू सभामा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको हो । यसअघि प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले ती विधेयकका प्रतिवेदन माथि दफावार छलफलका लागि प्रदेशसभा बैठकमा पेस गरेकी थिइन् ।
बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । ती दुवै विधेकहरु माथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालनमा रहेका उद्योग र व्यवसायहरूलाई सशक्त रूपमा अगाडि बढाउन मद्दत पुग्ने दाबी गरिन् । ती विधेयकमार्फत प्रदेशमा देखिएका केही कानुनी जटिलता समाधान भई उद्योगी व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने उनले विश्वास व्यक्त गरिन् ।
छलफलपछि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयक पारित गर्न प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण