बौद्ध गोलीकाण्डमा आफन्तको माग : पक्राउ गरी लगेर गैरन्यायिक तरिकाले गोली हानियो
काठमाडौं । गुण्डा नाइके विष्णु लामाका आफन्तले प्रहरीले उनलाई आत्मसमर्पण गरिसकेपछि नियन्त्रणमा लिइ गोली हानेको आरोप लगाएका छन् ।
आइतबार जोरपाटीस्थित मेडिकल कलेज बाहिर खाजा खाइरहेको ठाउँमा प्रहरी आइ समातेको र जबमुडाँडामा लगेर गोली हानेपछि घाइते अवस्थामा समेत भेट्न नदिइएको भन्दै आपत्ति जनाए ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विष्णु लामाकी पत्नी मनमाया लामाले पतिलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको आरोप लगाइन् । उनले प्रश्न गरिन्, यसरी गोली हान्न पाइन्छ ? यस्ते हो भने प्रहरीले मान्छे मार्दै हिँड्छ । सुरक्षाका लागि खटिएको प्रहरीले नै आत्मसमर्पण गरेको मान्छेलाई गोली हान्छ भने सुरक्षा दिन्छ भन्ने विश्वास गर्न नसकिने बताइन् । उनले सरकारसँग न्यायको माग गर्दै गोली हान्नेमाथि कडा कारबाही गरिनुपर्ने बताइन् ।
मनमायाले आफ्ना पतिलाई कानुन अनुसार कारबाही हुनुपर्ने पक्षमा आफूपनि रहेको तर गोली हान्नेविरुद्ध कानुनी उपचारमा जाने बताइन् ।
घाइते अवस्थामा उपचाररत पतिलाई प्रहरीले भेट्न समेत नदिएको उनको भनाइ थियो । पक्राउ गरी गोली हानेकाले यसको जिम्मेवारी प्रहरी हुनुपर्ने बताइन् । उनले भनिन्, जबरजस्ती गुण्डा भनेर मेरो श्रीमानलाई गोली हानिएको छ ।
कार्यक्रममा नेकपाका स्थानीय नेता पदमबहादुर श्रेष्ठले विष्णु लामामाथि लागेको अभियोग जायज रहेपनि गोली नै हान्ने कदम न्यायोचित नभएको बताए । पक्राउ गरेपछि अन्य ठाँउमा लगेर गोली हानिएको भन्दै निष्पक्ष छानविनको माग गरे ।
विष्णु लामाका भाइ विश्व लामाले आफ्नै अगाडि दाजुलाई सादा पोशाकको प्रहरीले लिएर गएको बताए । प्रहरीका सामु आत्मसमर्पण गरेपछि हथकडी लगाइएको र त्यसपछि अन्यत्र लगेर गोली हानिएको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण