छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सुनसरी धरान उपमहानगरपालिका-१४ घर भएका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निशानको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण