नयाँ बसपार्क क्षेत्रमा प्रहरीको ‘स्विप अप्रेशन’, अनैतिक कार्यमा संलग्न ७३ जना समातिए
मङ्गलबार, २९ पुस २०७६, २१ : १८
काठमाडौँ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाएको ‘स्विप अप्रेशन’मा अनैतिक क्रियाकलाप गर्ने ७३ व्यक्तिलाई आज दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए ।
पक्राउ पर्नेहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न रहेकाहरु भएको उनले बताए ।
पक्राउ पर्नेमा ४३ पुरुष, २५ महिला र पाँच तेस्रोलिङ्गी रहेका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण