ठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्
बिहीबार, ०८ भदौ २०७४, ११ : ०३
काठमाडौं – ‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि...’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा एलिसाको फ्ल्यास ब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजिव ढंगले प्रस्तुत गरिएको छ ।
सचिन सिंहको संगीत चेतन बाराकोटीको शब्द रहेको गीतको भिडियोको सञ्चारकर्मी विदुर खतिवडाले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजीव समरले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण