सामाजिक सञ्जालमा पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर
सुपर मोडल तथा पूर्वमिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् ।
सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
नताशाका अनुसार उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए । उनले उक्त पोस्ट अर्को वेभसाइटमा पनि पठाएका थिए ।
समाचार एजेन्सी आईएनएससँग कुराकानीको क्रममा नताशाले बताएअनुसार नक्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको थियो ।
उनले फ्लिनले सुरीको नाममा नक्कली आर्टिकल र फोटोहरु सेयर गर्न सुरु गरेपछि साइबर क्राइम इन्भेस्टिगेशन सेलमा उजुरी दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण