आबुधावीमा १८ जना नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु
बिहीबार, ०२ माघ २०७६, १७ : ४७
१
बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मिनिवसमा नेपालीहरु पनि सवार थिए । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।
मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् । ढकालले भनेका छन्, ‘मृतक कुन मुलुकका हुन् भन्ने स्पष्ट भइसकेको छैन् ।’
घाइतेहरुलाई माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण