पनौतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, ०२ माघ २०७६, १९ : ३४
काभ्रे । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् ।
पनौतीबाट बनेपातर्फ आउँदै गरेको प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
मोटरसाइकल चालक रोशी गाउँपालिका–१० का जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण