धेरैलाई अचम्ममा पारेर एक्कासी बल्न थाले ट्राफिक बत्ती, वैशाखसम्म २९ स्थानमा बाल्ने तयारी
काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना पारित गरेर प्रभावकारी नतिजा देखाउने गरी काम थालेको हो ।
गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेर अहिले ट्राफिक व्यवस्थापनको काम भइरहेको छ ।
कार्ययोजनामा कुन काम, कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने पनि तोकिएको छ ।
कार्ययोजनामा पुस मसान्तभित्र काठमाडौंका नौ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्ने उल्लेख छ । त्यसै कार्ययोजनालाई कार्यान्वयन गर्दै सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले हाल ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएको छ ।‘‘हाल काठमाडौंका ११ स्थानमा बत्ती सञ्चालनमा गर्न सफल भएका छौं, अन्य ५–६ स्थानमा पनि चाँडै सञ्चालनमा आउने अवस्था छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने ।
कार्ययोजनाअनुसार आगामी वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्नेछ भने असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात गरिसक्नपर्नेछ ।
ट्राफिक प्रमुख ढकाल वैशाखसम्म २९ स्थानमा बत्ती सञ्चालन गर्ने गरी काम अघि बढेको बताउँछन् । मुख्य सडकमा ट्राफिक बत्ती सञ्चालन हुनु ठूलो उपलब्धि भएको उनले बताए । काठमाडौं उपत्यकामा ट्राफिक बत्ती अभावमा लामो समयदेखि ट्राफिक प्रहरी हातको भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य हुँदै आएका छन् । ट्राफिक बत्तीको अभावमा सर्वसाधारण तथा सवारी चालकले पनि अनावश्यक दुःख खेप्नुपरेको छ ।
यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण