विश्वकै होचा व्यक्तिको कीर्तिमानी बनाएका खगेन्द्र रहेनन्
कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो । भर्ना गरिएलगत्तै थापालाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।
उनको कद ०.६७ नापिएको छ । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरेका थिए । थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थिए । उनी गाउँलेहरू माझ सानो बुद्धू भनेर चिनिन्थे ।
जन्मदा खगेन्द्र मात्र ६०० ग्रामका मात्र थिए, अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण