आत्मघाती गोलले सिटीलाई धक्का, चेल्सी पनि पराजित
खेलको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकियो । जितको मुखमा पुगेको बेला फर्नानडीन्होले आत्मघाती गोलमा परिणत भएपछि सिटी अङ्क बाँड्न बाध्य बनेको हो ।
खेलमा सुरुवाती अग्रता प्यालेसले लिएको थियो । ३९औं मिनेटमा सेन्क टोसनले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए ।
पहिलो हाफमा पछि परेको सिटीले दुवै गोल दोस्रो हाफमा गर्यो । दोस्रो हाफमा ५ मिनेटको अन्तरमा सर्जियो अगुएरोले दुई गोल गर्दै सिटीलाई खेलमा फर्काए । सर्जियोले ८२औं र ८७ औँ मिनेटमा गोलगर्दै सिटीलाई जित नजिक पु-याए ।
तर, इन्जुरी समयमा वेलफ्रेड जाहाको क्रसलाई बचाउने क्रममा फर्नानडीन्होको प्रहार आफ्नै पोस्ट्मा परेपछि सिटी अङ्क बाँड्न बाध्य बनेको थियो । बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटी २३ खेलबाट ४८ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६१ अंक छ । लिभरपुलले दुई खेल कम खेलेको छ । प्यालेस ३० अङ्क सहित नवौं स्थानमा छ ।

शनिबार रातिनै भएको अर्को खेलमा चेल्सीलाई न्युक्यासल युनाइटेडको झट्का लागेको छ । चेल्सी न्युक्यासलसँग१–० गोलले पराजित भयो । न्युक्यासलको जितमा इसाक हेडेनले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए । हारसँगै चौथो स्थानमा रहेको चेल्सीको २३ खेलबाट ३९ अंक छ । २९ अंक बनाएको न्युक्यासल नवौं स्थानमा छ । अन्य खेलमा नर्बिच सिटीले बर्नमाउथलाई १–० र वल्भ्सले साउथह्याम्पटनलाई ३–२ गोलले हराएको छ ।
आर्सनल र सेफिल्ड युनाइटेड, ब्राइटन र एस्टन भिल्ला तथा वेस्टहाम युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण