कुकुरले मान्छे टोके समाचार बन्दैन... तर गुप्ताङ्गमै टोके नि !
सोमबार, ०६ माघ २०७६, ०६ : ५०
चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् ।
प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ ।
सन्तोष केसी अहिले १५ वर्षका भए । कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो ।
केसी अब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सलिम अन्सारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
-
ब्रिटिश प्रधानमन्त्रीले गरे ब्रिटिश गोर्खाको प्रशंसा
-
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरु
-
पशुपतिको भेटी चोर्ने ५ कर्मचारीविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान
-
क्रुसले युरोपछि व्यावसायिक फुटबलबाट संन्यास लिने
-
सात सांसदलाई विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी गराएकोमा जसपा नेपालको आपत्ति