राष्ट्रियसभा निर्वाचनः राजपाका उम्मेदवारविरुद्ध उजुरी
जनकपुर । प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखर प्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेसले उजुरी दिएको हो ।
सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला पजियारले शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् ।
सरहा जिल्ला अदालतबाट सिंह कुटपिट मुद्दामा दुई वर्ष कैद र जरिवाना सुनाइएका व्यक्ति भएकाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको पजियारले दावी गरेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको पजियारले बताए ।
अदालतबाट फौजदारी कसुरमा दोषि ठहर भैसकेका व्यक्ति भएकाले तत्काल उनको उम्मेदवारी मनोनयन खारेजीको माग गरिएको छ ।
सर्वोच्च अदालतले पनि शेखरप्रसाद सिंहको हकमा २०५६–०९–०१ गते सप्तरी जिल्ला अदालतले तोकेको दुई वर्ष कैद सजायको फैसलालाई नै सदर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण