पुलिस सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल पुलिस क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पुलिसल ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
पुलिसल २५–५, २५–१५, २५–८ को जित निकाल्यो । महिलातर्फको अर्को खेलमा समूहगत चरणबाट बाहिरिएको भरतपुर मेट्रो खेलकुद परिषद्ले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सेटमा हरायो । भरतपुर मेट्रोले २५–८, २५–९, २५–१५ को जित निकालेको थियो ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्मी नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१५, २५–१७, २५–१७ को जित दत्र्ता गरेको थियो ।
आर्मीसँग पराजित भए पनि नयाँबजार समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ । समूह ‘ए’बाट आरजी भलिबल ग्रुप बाहिरिएको छ । समूह ‘बी’ को अर्को खेलमा बुलबुले रारा क्लबले जाउलाखेललाई ३–० को सोझो सेटमा पराजित गर्यो । राराले २५–१५, २५–२१, २५–१० को जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण