गृहयुद्धमा बेपत्ता भएकाहरुको मृत्यु भइसक्यो: श्रीलङ्काली राष्ट्रपति
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताएका छन् । गृहयुद्धका क्रममा करिब २३ हजार ५०० मानिस बेपत्ता भएको अनुमान गरिएको छ । ती सबै मानिसको मृत्यु भइसकेको सरकारले पहिलो पटक औपचारिक रुपमा स्वीकार गरेको हो ।
राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका एकजना प्रतिनिधिसँगको भेटका क्रममा उनले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलङ्कामा करिब २७ वर्षसम्म जारी गृहयुद्ध र त्यसको अन्त्यको समयमा ती नागरिक बेपत्ता भएको बताएका हुन् । श्रीलङ्काली गृहयुद्ध अन्त्यका लागि सञ्चालित सैनिक अभियानमा राष्ट्रपति गोटाबायाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रसङ्घीय प्रतिनिधिको कार्यालयका अनुसार, हराइरहेका भनिएका ती नागरिकलाई मृत्युदर्ता प्रमाणपत्र दिने तयारी गर्न सकिने अनुमान पनि गरिएको छ । श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरसँग सोमबार भएको भेटका अवसरमा राष्ट्रपति राजापाक्षेले सो कुराको जानकारी गराउनुभएको श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो विज्ञप्तिका अनुसार राज्यले पहिलो पटक औपचारिक रुपमा ती व्यक्ति मारिएको भनी जानकारी गराएपछि अब उनीहरुलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिने भएको हो ।
यस देशमा २७ वर्षसम्म जातीय पृथकतावादीहरु लिबरेसन टाइगर्स अफ तमिल इलमले जातीय र पृथक राज्यका लागि गृहयुद्ध नै चलाएको थियो । त्यो युद्धको अन्त्य सन् २००९ मा भएको थियो । उक्त गृहयुद्धको अन्त्यका नाममा तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा श्रीलङ्काली सेनाको ज्यादतीका कारण सन् २००९ मा उक्त विद्रोही समूहका हजारौँ लडाकू र सर्वसाधारण पनि मारिएको आरोप छ । तर यहाँको उत्तर र पूर्वी भागमा बसोबास गर्ने सयौँ परिवारले बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् ।
उनीहरुले बेला बेलामा प्रदर्शन गर्दै आफ्ना परिवारका सदस्यको अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । सन् २००९ मा गृहयुद्धको अन्त्यको सो समयमा श्रीलङ्काली सेनासँग आत्मसमर्पण गरेका केही व्यक्ति सुरक्षा फौजको नियन्त्रणमा हुनसक्ने आशा गरेको बताएका थिए । तर यो पछिल्लो भनाईपछि सेनासमक्ष कोही पनि नरहेको भन्ने बुझिएको छ ।
श्रीलङ्काको सेनाले विद्रोही तमिल टाइगर्सलाई सन् २००९ को मे महिनामा हराएको थियो । त्यसपछि त्यहाँको २७ वर्ष लामो युद्ध समाप्त भएको घोषणा गरिएको थियो । त्यहाँको द्वन्द्वमा भने करिब एक लाख मानिस मारिएको बताइएको छ । बेपत्ता भएका भनिएका ती २३ हजार ५०० मा करिब पाँच हजार जना सरकारी सेना पनि परेको बताइन्छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण