रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ ।
आइतबार बार नेपाल भ्रमणमा आएकी अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो ।
राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी छिन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।
नेपाल बसाईका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेट्नेछिन् ।
यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण