सापकोटालाई सभामुख बनाइएकोप्रति चित्रबहादुरको विरोध
आइतबार, १२ माघ २०७६, १६ : २६
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।
उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ । ज्यानसम्बन्धी मुद्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उजुरी प्रहरीले दर्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।’
सर्वोच्चमा परेको रिटको पेशी बारम्बार सारेर त्यस सम्बन्धी न्यायोचित कारबाहीलाई अवरुद्ध गर्ने काम भएको भन्दै केसीले त्यस प्रकारको पृष्ठभूमिमा सापकोटालाई सभामुख पदमा निर्वाचित गरिनु गलत भएको बताएका छन् ।
आइतबारै सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण