दामनमा मृत्यु भएका ८ भारतीयको परिवारलाई क्षतिपूर्ति दिन केरलाका मुख्यमन्त्रीको माग
भारतको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा होटलमा बास बस्ने क्रममा ८ जना भारतीयको मृत्यु भएको घटनाको छानविन गर्न माग गरेका छन् । साथै उनले पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेका छन् ।
ग्यास हिटर गुम्सिएर मृत्यु भएको अनुमान गरिएका ८ जना भारतको दक्षिणी राज्य केरलाका थिए ।
मुख्यमन्त्री विजयनले भारतको केन्द्र सरकारका विदेशमन्त्रीलाई एस. जयशङ्कर एक पत्र लेखेर घटनामा आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रमा मृतक बास बसेको होटेलको कोठाको उपकरणमा खराबी भएको, त्यसैले गर्दा उनीहरुको मृत्यु भएको देखिएको उल्लेख गरिएको छ । यस्तै विजयनले सेवा प्रदायकले लापरबाही गरेको आरोप लगाएका छन् ।
त्यस्तै नेपालको नियामक निकायले आफ्नो जिम्मेवारी ननिभाएकाले यो घटना भएको आरोप लगाउँदै विजयनले पीडित परिवारका लागि नेपाल सरकारसँग उचित क्षतिपूर्ति माग्नुपर्ने विजयनले जयशङ्करसँग आग्रह गरेका छन् ।
नेपाल सरकारले यसअघि नै एभरेस्ट पानारोमाको घटनाको अनुसन्धानका लागि एक समिति गठन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण