टेस्ट शृङ्खला इङ्ल्यान्डको पोल्टामा
घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध चार खेलको टेस्ट सिरिज इङ्ल्यान्डले जितेको छ । जोहनेसबर्गमा सोमबार राति भएको चौथो तथा अन्तिम टेस्टमा इङ्ल्यान्ड एक सय ९१ रनले विजयी भयो । जितसँगै इङ्ल्यान्डले सिरिज ३–१ ले जित्यो ।
इङ्ल्यान्डले दिएको चार सय ६६ रनको विजय लक्ष्यसहित दोस्रो इनिङ थालेको दक्षिण अफ्रिका दुई सय ७४ रन जोड्दै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ९८ रन बनाए । क्वीन्टन डी ककले ३९ र कप्तान फाप डु प्लेसिसले ३५ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्सले चार विकेट लिए । मार्क वुड र क्रिस वोक्सले तीन तीन विकेट झारेका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा चार सय रन जोड्दै अलआउट भएको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा एक सय ८३ रन जोड्दै अलआउट भएको थियो ।
इङ्ल्यान्डले दोस्रो इनिङमा दुई सय ४८ रन जोड्दै अलआउट भएपछि घरेलु टोली दक्षिण अफ्रिकाले चार सय ६६ रनको उच्च लक्ष्य पाएको थियो । वेन स्टोक्स म्यान अफ दी सिरिज भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण