साझा प्रकाशनको महाप्रबन्धक पदमा गौतम नियुक्त
मङ्गलबार, १४ माघ २०७६, १२ : ४८
साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् ।
साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् ।
यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण तथा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले महाप्रबन्धकको समेत जिम्मेवारी वहन गरेका थिए ।
राजनीति तथा समाजसेवामा विगत ४ दशकदेखि अनवरत लागेका झापा जिल्ला शिवसताक्षी–२ निवासी गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरेका थिए। विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको प्रशासन विभागका प्रमुख भेषराज घिमिरेले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण