पत्रकार महासंघको हटसिटमा नयाँ नेतृत्व (फोटोफिचर)
काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले आजबाट पदभार सम्हालेको छ । शुक्रबार महासंघको कार्यलयमा भएको एक कार्यक्रममा तत्कालिन अध्यक्ष महेन्द्र विष्टले अध्यक्ष गोविन्द आचार्यलगायतको टोलीलाई पदभार हस्तान्तरण गरेको हो ।
यही भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए ।
महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले पत्रकारहरुको पेशागत हकहितका लागि महासंघ प्रतिवद्ध रहेको बताए । उनले आफुसँग निर्वाचन लडेका र पराजित भएकाहरुको पनि सुझावमा महासंघलाई पत्रकारहरुको साझा थलो बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गरेका थिए । महासङ्घले निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी महासङ्घका कर्मचारीलाई सम्मान गरेको छ ।
सोही अवसरमा सभामुख ओनसरी घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। “संविधान कार्यान्वयनअन्तर्गत दलहरूले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छन्, २ नं प्रदेशको चुनावमा मधेशी दल सहभागी हुनु आफैँमा सकारात्मक हो, अब हुने प्रदेश र सङ्घको निर्वाचन सफल बनाउन सबैको उत्तिकै भूमिका हुनेछ”, सभामुख घर्तीले भनिन् ।
गत भदौ ४–६ मा सम्मपन्न महासंघको २५ औ सम्मेलनले गोविन्द आचार्यको नेतृत्वमा तीन बर्षका लागि नयाँ नेतृत्व निर्वाचित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण