हजुरआमासँग सुतिरहेकी छोरीलाई बोलाएर बलात्कार
बुधबार, १५ माघ २०७६, ०८ : ४४
झापा । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।
हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण