शाहरुख खानकी बहिनीको निधन, लामो समयदेखि क्यान्सरले थिइन् ग्रस्त
बुधबार, १५ माघ २०७६, ११ : ५४
बलिउड नायक शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ । नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन् ।
जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए । स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।
सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् । यसबाहेक नूर जहांको कुनै जानकारी सार्वजनिक भएको छैन ।
यसअघि हेडलाइनमा सलमान खान हुन गएकोमा सच्चाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण