गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण (भिडियो)
काठमाडौँ । सहिद सप्ताहका अवसरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ ।
शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा करिब १८ लाख रुपैयाँमा खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् ।
शहिदहरको शालिक अनावरण गर्दै मेयर शाक्यले उनीहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पु¥याउन शालिक निर्माण गरिएको बताए ।
१९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई सोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन् ।
यस अघि वडा ७ सिफलमा सहिद धर्मभक्त माथेको र गएको बर्ष वडा १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको छ । यससँगै महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने ४ जनै सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण