ट्रेलरमा यस्तो देखियो धुर्मुस–सुन्तलीको‘सेन्टी भाइरस’
काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानी एक कार्यक्रमको आयोजनासहित ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा फिल्म भित्रको मुख्य केही अंश समेटिएको छ । ट्रेलर हेर्दा फिल्मले राजनीतिको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ । सिताराम र कुञ्जनाको अलवा फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्ममा डिन्डु लामा ह्योल्मोको पनि लगानी रहेको छ । शैलेन्द्र डि.कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्म फागुन ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण