जस्टिनले शोषण गरेको सेलेनाको खुलासा
अमेरिकी गायिका सेलेना गोमेजले पूर्व प्रेमी तथा चर्चित पप गायक जस्टिन बीबरसँग सम्बन्धमा रहँदा शोषणको सिकार भएको खुलासा गरेकी छिन् ।
उनले बीबरसँग सम्बन्धमा रहँदा गोमेजलाई ‘भावनात्म शोषण’ गरेको बताएकी हुन् । सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा गोमेजले बीबरसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा चर्चा गरेकी थिइन् ।
उनले भनिन्, ‘मलाई त्यही कुराबाट हिम्मत जुटेको थियो । एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु निकै खतरनाक हुन्छ । र अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुर्व्यवहारको सिकार भएकी थिए ।’
‘के तपाईं भावनात्म शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको विछोडको पीडापछि नै गाएकी हुँ । तर मलाई यसमा निकै गर्ब छ ।’
उनले अगाडि भनिन्, ‘यो गीतले मेरो लागि बेग्लै अर्थ राख्छ । मलाई लागेको थियो मेरो जीवनमा सबै कुराहरु सम्मानपूर्वक समाप्त भएन र मैले त्यसलाई स्वीकार पनि गरेकी थिए । तर, मलाई थाहा छ केही कुराहरु यस्ता थिए जुन मैले पहिल्यै भन्नुपर्ने थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु वर्षको अन्तिम भुक्तानी हुने दिन आज, विकासे कार्यालयमा भुक्तानीको चटारो
-
बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
-
अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
-
रोनाल्डो मोहले निम्त्याएको पोर्चुगलको विश्वकप दुर्घटना
-
काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
-
अमेरिकी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण