प्रदेशसभाको बैठक स्थगित
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा संशोधन प्रस्तावका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको उपस्थितिमा छलफल गर्नुपर्ने देखिएकाले आजको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव मानसिंह धामीले बताए ।
नेकपाका केन्द्रीय सदस्य रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह भने सो पार्टीको बैठकमा सहभागी हुन केही दिनदेखि काठमाडौँ रहेका छन् । प्रदेशसभामा सरकारले टेबुल गरेको एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य भरतबहादुर खड्काले संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए ।
बिहीबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त विधेयकका सन्दर्भमा दर्ता भएको संशोधन प्रस्तावका बारेमा छलफल भएको बताइएको छ । अर्को बैठक यही माघ १९ गते दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासङ्घलाई खतिवडाको प्रश्न : पत्रकारको समस्याबारे श्रम अदालतमा मुद्दा लड्न सक्छ ?
-
नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्ः प्रधानमन्त्री
-
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
-
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
-
व्यावसायिक खुवा उत्पादनबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार
-
दर्ता भएका विधेयक छिटो पार लगाउन नसक्नुमा सांसदको पनि दोष छ : धनराज गुरुङ