भारतले घटायो आयकरको सीमा, अब नेपालको भन्दा निकै कम
काठमाडौं । भारतले व्यक्तिगत आयमा लाग्ने करमा भारी कटौती गरेको छ । आर्थिक वर्ष २०२०/२१ के बजेट सार्बजनिक गर्दै अर्थमन्त्री निर्मला सीतारमणले करका दरहरु घटाउने प्रस्ताव गरेकी हुन् ।
अहिले ५ लाख रुपैंयासम्म कुनैपनि कर नलाग्ने गरेकोमा त्यसलाई कायमै राखिएको छ । त्यस्तै, ५ लाखदेखि ७ लाख ५० हजार रुपैंयासम्म कमाउनेलाई १० प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ । यसअघि यो दर २० प्रतिशत थियो ।
७ लाख ५० हवार रुपैंयादेखि १० लाख रुपैंया कमाउनेले अब १५ प्रतिशत कर तिर्नुपर्छ, यो यसअघि २० प्रतिशत थियो । त्यस्तै १० लाख देखि १२ लाख ५० हजार कमाउनेले २० प्रतिशत र १२ लाख ५० हजार रुपैंयादेखि ५ लाख रुपैंया कमाउनेलाई क्रमशः २० प्रतिशत र २५ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ । यसअघि यो क्रमशः २५ प्रतिशत र ३० प्रतिशत थियो । १५ लाखभन्दा बढीको आम्दानीको लागि ३० प्रतिशत कर लगाइने भएको छ । यो यसअघिको जस्तै ब्यवस्था भए पनि यसमा लाग्ने सरचार्जलाई हटाइएको छ ।
नेपालमा अहिले ४ लाख रुपैंयासम्मको लागि १ प्रतिशत, ४ देखि ५ लाख सम्मको लागि १० प्रतिशत, ५ देखि ७ लाख कमाउनेलाई २० प्रतिशत, ७ लाखदेखि १३ लाखसम्म कमाउनेलाई ३० प्रतिशत तथा सोभन्दा धेरै कामउनेलाई थप ६ प्रतिशत सरचार्ज लगाउने ब्यवस्था छ । भारतले करको दर घटाएसँगै अब नेपालको भन्दा भारतमा आम्दानी गर्नेले कम कर तिर्नुपर्ने अवस्था आएको छ ।
भारतले लाभांशमा लाग्ने करलाई पनि घटाएकोे छ भने उत्पादनमुलक क्षेत्रका कम्पनीहरुका लागि करमा भारी छुट लिने प्रस्ताव गरिएको छ । ‘विवाददेखि विश्वास स्कीम’मार्फत् ४ लाख ८३ हजार कर विवादहरुलाई समाधान गर्न त्यस्ता विवादहरुमा कुनैपनि जरिवाना नलिने घोषणा समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण