जैविक तरकारीखेतीले आयात न्यूनीकरण हुने
जैविक तरकारीखेतीलाई प्राथमिकता दिन सकिएमा आयातलाई न्यूनीकरण गर्ने सकिने बताइएको छ । उन्नत जातको तरकारीखेतीले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्ने भएकाले जैविक तरकारीखेती गर्न सकिए मात्र भारतीय आयातलाई न्यूनीकरण गर्न सकिने निष्कर्ष निकालिएको छ ।
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घले आज ‘तिलोत्तमामा अर्गानिक तरकारी खेतीका सम्भावना र चुनौती’ विषयक गोष्ठीमा सहभागी सरोकारवालाले विषादीरहित जैविक तरकारी उत्पादनमा जोड दिएका हुन् ।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै सङ्घका अध्यक्ष गुणनिधि भण्डारीले उद्योग व्यवसायसँगै सङ्घले कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिएर सोहीअनुसारका कार्यक्रम अगाडि बढाएको बताए। उनले जैविक खेतीलाई अगाडि बढाउन यस क्षेत्रका किसानलाई प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गरेका तरकारीको बजारीकरणमा सङ्घले सहयोग गर्ने नीति सङ्घले लिएको बताए । कृषि जेटिए अमृत श्रेष्ठले जैविक खेतीलाई चाहिने कच्चापदार्थ नेपालमै रहेकाले माटोको सुरक्षा, जैविक मलको प्रयोगलगायतका कुरातर्फ विशेष ध्यान दिनुपर्ने बताए । माटोमा काँचो मल प्रयोग नगर्न आग्रह गर्दै उनले काँचो मलको प्रयोगले माटो र बिरुवालाई बिगार्नुका साथै उत्पादन लागतसमेत बढ्ने हुँदा जैविक मलको प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा ‘प्राङ्गारिक कृषिः सम्भावना र चुनौती’ विषयक अवधारणा प्रस्तुत गर्दै पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक प्रकाश घिमिरेले सामाजिक, आर्थिक, वातावरणीय पक्षका साथै खाद्य सुरक्षाका लागि पनि जैविक उत्पादन जरुरी रहेको उल्लेख गरे ।
स्थानीय र उन्नत जातको बीउ तथा वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै उपप्राध्यापक घिमिरेले जैविक कृषि खेतीलाई हेर्ने छुट्टै निकाय नभएको र प्रयोगशाला तथा प्रमाणीकरणको समेत चुनौती रहेको बताए ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख डोमलाल भुसालले नगरपालिकाले तरकारी र मकै पकेट क्षेत्र घोषणा गरेर किसानलाई जैविक खेतीतर्फ प्रोत्साहन गरेको र विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण