नेकपाद्वारा भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर
६ दिनदेखि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भएका विषयलाई बैठकले संशोधनसहित पारित गरेको छ ।
नेकपाको अन्तरिम विधानको धारा ६० क (१) मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि पहिलो बैठक बसेको करिब २० महिनापछि बैठक बसेको हो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपश्चात् बृहत् छलफल नै गर्ने गरी पहिलोपटक बैठक बसेको हो ।
१० जेठ २०७५ मा हस्ताक्षर गर्न पहिलो बैठक बसेको थियो । बैठक ढिलो हुनुमा एकता प्रक्रिया, संविधान कार्यान्वयन र सरकारी कामका केही विशिष्टता र जटिलता रहेको नेकपाले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको छ ।
बैठकले २ नोभेम्बर २०१९मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ । पार्टीले यस विषयमा सरकारले लिएको अडानलाई दृढ समर्थन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण