शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो

शनिबार, ०२ साउन २०८३, १६ : ०९
शनिबार, ०२ साउन २०८३

मस्काे । मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डाबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाए । केही रूसी क्षेत्रहरू बाहेक सबै जसो क्षेत्रहरु इन्धनको अभावबाट ग्रस्त भएको जनाइएको छ ।

पछिल्लो युक्रेनी आक्रमणले रूसी डिपोहरूलाई लक्षित गरेकाले सन् २०२२ मा द्वन्द्व सुरु भएको अवधि भन्दा सामान्य जीवनमासमेत बाधा पुर्याएको जनाइएको छ । विश्वको शीर्ष तेल उत्पादकहरू मध्येको एक देश रूसमा यो सङ्कट अभूतपूर्व भएको जनाइएको छ, जहाँ इन्धन अहिलेसम्म सजिलै उपलब्ध थियो र युरोपको तुलनामा धेरै सस्तो थियो ।

तर पछिल्लो समय युक्रेन द्वन्द्वको चरमताको समयमा पेट्रोलका लागि पेट्रोल स्टेशनहरूमा लाइन लाग्नुपर्ने अवस्था निम्त्याएको बताइएको छ । विश्वको सबैभन्दा ठुलो देश रूसका अधिकांश क्षेत्रहरूमा मुख्यतया स्थलगत यातायातको माध्यमबाट आवतजावत गर्ने गरेको पाइन्छ ।

मिडिया रिपोर्टहरुलाई उदृत गर्दै जुन देखि ९० प्रतिशतभन्दा बढी रूसी क्षेत्रहरूले इन्धनको अभावको अनुभव गरेको एएपपीले जनाएको छ । इन्धन अभावका कारण भोलोग्डाका केही पेट्रोल पम्पहरू बन्द भएका छन् भने अन्य पम्पहरुमा इन्धनको लागि लामो लाइन देखिएको जनाइएको छ ।

मस्कोले यस अघि सिमित ग्रेडको पेट्रोल र उड्डयन इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने गत हप्ता, प्रतिबन्ध डिजेल निर्यातमा विस्तार गरिएको थियो । यी मध्ये केही उपायहरूले हालैका दिनहरूमा मस्को र अन्य क्षेत्रहरूमा इन्धन अभावलाई कम गर्न थालेको एएफपीले जनाएको छ ।

युक्रेनी आक्रमणले उत्पन्न भएको रुसको तेल क्षेत्रको अभावले कति टाढा सम्म प्रभाव पार्न सक्छ भन्ने देखाएको जनाइएको छ । जुलाईको सुरुमा प्रकाशित एक रिपोर्टमा, अमेरिकामा आधारित ऊर्जा अनुसन्धान फर्म, एनर्जी इन्टेलिजेन्सले रूसको ६६ लाख ब्यारेल प्रति दिन क्षमताको लगभग आधा फेब्रुअरीको अन्त्य देखि कटौती गरेको छ भने युक्रेनले ऊर्जा पूर्वाधारमा आफ्नो आक्रमण जारी राखेको छ ।

मस्कोले आफ्ना सहरहरूमा गरेको घातक बमबारीको प्रतिक्रियाका रूपमा युक्रेनले रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गरेको छ । युक्रेनले रूसी अर्थतन्त्रलाई “हानि पुरÞ्याउन खोजिरहेको यस अनुकुल वातावरण सिर्जना गरिरहेको भएता पनि रूसी ऊर्जा सञ्जालको सुरक्षा उच्च भएकाले यो सफल नहुने रूसले जनाएको छ ।

युक्रेनबाट करिब एक किलोमिटर टाढा रहेको भोलोग्डाले अझै पनि फेब्रुअरी २०२२ मा सुरु गरिएको मस्को आक्रमणको परिणाम महसुस नगरेको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप