इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
सारांश
- विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
- उनीहरूले प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी नहुनुपर्ने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
- त्यस्तै, उनीहरूले बढेको तलब कार्यान्वयन गरिनुपर्ने र एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको १ वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग राखेका छन् ।
काठमाडौँ । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको सङ्घर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् ।
उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभर टाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् ।
त्यस्तै, नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौँ तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको १ वर्षको अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण