कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक (फोटो)
कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।
तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।
चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः
‘उनीहरु हाम्रो लागि लडिरहेका छन्
उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्
उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्
उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ
तर यो दुःखको घडीमा
यस्ता सुताईहरु जताततै देख्न सकिन्छ
उनीहरु डाक्टर र नर्स हुन्
जब भाइरसको उत्पत्ति भयो
तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे
बिरामीलाई मृत्युबाट जोगाउँदै
उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्
हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’
कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् । यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।
सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण