कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक (फोटो)
कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् ।
तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ, केही मिनेट नै सही निद्रा अपरिहार्य छ । तर बेफुर्सदका बीच उनीहरु जसरी आराम गरिरहेको भेटिएका छन्, त्यो देख्दा सर्वसाधारणको मन कुँडिएको छ ।
चीनको सामाजिक संजालमा आराम गरिरहेका डाक्टरहरुको तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः
‘उनीहरु हाम्रो लागि लडिरहेका छन्
उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्
उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्
उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ
तर यो दुःखको घडीमा
यस्ता सुताईहरु जताततै देख्न सकिन्छ
उनीहरु डाक्टर र नर्स हुन्
जब भाइरसको उत्पत्ति भयो
तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे
बिरामीलाई मृत्युबाट जोगाउँदै
उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्
हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’
कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ को मृत्यु भइसकेको छ भने देशभरी १७ हजार २ सय ५ जना संक्रमित छन् । यसका साथै कोरोनाका २ हजार ८ सय २९ नयाँ संक्रमित भेटिएका छन् ।
सोमबार कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । चीनबाहिर कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव
-
नौ महिनामा १२ करोडको कुरकुरे र कुरमुरे निर्यात
-
बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
-
रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
-
भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?