आपत परेका बेला सहयोग गर्ने साथी ‘वास्तविक साथी’ भन्दै चीनले दियो धन्यवाद
एजेन्सी । कोरोना भाइसरविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ताले सोमबार बताएकी छिन् ।
दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताइन् । उक्त सामग्री आइतबारसम्म आइपुगेको उनले उल्लेख गरिन् । अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उनको भनाई थियो ।
आवश्यक(आपत) परेका बेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिइन् । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण