मन्त्रीहरुको गुनासो : प्रधानमन्त्री मालिक, हामी नोकरजस्तै भयौँ
काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको कान्तिपुर दैनिकमा समाचार छ ।
‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’
उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरु सबैको एजेन्डामाथि रुखो ढङ्गले केरकार गर्छन् । अरुका कुरा कम सुन्छन् र आफ्ना धारणा धेरै राख्छन् ।
‘कतिसम्म भने उहाँ आफ्नै विश्वासमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कुरा पनि राम्रोसँग सुन्नुहुन्न, ’ ती मन्त्रीले भने, ‘उहाँहरुको एजेन्डामा समेत अति सोधपुछ गरेको देखेर हामी छक्कै पर्छौं ।’
ओली मन्त्रीहरुसँग मात्रै होइन सचिवहरुसँग पनि कडा मिजासमा प्रस्तुत हुन्छन् । ओलीको शैलीकै कारण पनि उनीसँग रुष्ट हुनेको सङ्ख्या धेरै रहेको टिप्पणी मन्त्रीहरु गर्छन् ।
तर ओलीनिकट मानिने केन्द्रीय सदस्य उनी यही शैलीका कारण यहाँसम्म आइपुगेको बताउँछन् । ‘उहाँलाई पार्टीभित्रै घेराबन्दीमा पार्दा पनि यही शैलीकै कारण यहाँसम्म आइपुग्नुभएको हो,’ ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘स्वास्थ्य अनुकूल रहँदासम्म र उहाँ खट्न सकुन्जेलसम्म प्रधानमन्त्रीज्यूका लागि अरु केही कुरा प्रतिकूल छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण