‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् ।
करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः
– भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौँ र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने ?
– तपाईं पत्रकारहरु मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकाहीँ पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने ? बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि ।
– रिसको झोकमा एक साथीले अर्कोलाई भन्छ – अहिले मार्दिन्छु, हात पनि उठाउला, मार्दैन नि । पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो ।
– तपाईंले चाहेजस्तो त परको कुरा मैले चाहेजस्तो छिटो काम पनि गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गर्दै आएका साथीहरु छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरु छन्, अदब पुर्याएर काम गर्नुपर्यो, समय त लागिहाल्छ नि ।
आजको नेपाल समाचार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण