चीनमै दुई यात्रु झारेर किन माध्यरात उड्यो विमान ?
आइतबार राति बेइजिङबाट हिमालय एयरलाइन्सको विमानले थुप्रै नेपालीलाई काठमाडौँ ल्यायो । सो विमानबाट आएका एक जना यात्रीले सबै कहानी सुनाएः
बेइजिङबाट अपरान्ह ५ बजेर ४० मिनेटमा उड्नुपर्ने जहाज राति १० बजे मात्र टेकअफ भयो । यसअघि शुक्रबार काठमाडौँ आउन लागेका चार जनालाई बेइजिङको तासिङ विमानस्थलबाट फर्काइएको थियो । निकै कडाइका साथ स्वास्थ्य जाँच गर्ने डिजिटल एएक्सरे मेसिनले नेपालीको तापक्रम ३७.४ डिग्री सेल्सियस देखाएको रहेछ । त्यही भएर आइतबार आउने हामी पनि उड्न पाउने अथवा नपाउने भन्ने द्विविधा मै थियौँ । सौभाग्यवश सबै यात्रुले उड्न पायौँ ।
आइतबार कुनै पनि यात्रीले तासिङ विमानस्थलबाट फर्कनु परेन । तर, विमानमा क्षमताभन्दा बढी यात्रु रहेछौँ । धेरै नेपाली, त्यसपछि बंगाली र केही चिनियाँ गरेर क्षमताभन्दा बढी यात्री भएकाले इन्धान झिक्नुपर्ने कारण उडानमा अबेर भयो । इन्धन झिकिसकेपछि दुईजना चिनियाँले आफूहरुलाई पसिना आयो, यात्रा गर्दैनौँ भने । शरीरमा ज्वरो आयो भनेपछि उनीहरुलाई ओराल्न थप समय लाग्यो । सुरक्षा र स्वास्थ्यको निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने रहेछ । अनि बल्ल विमान उड्यो राति १० बजे नाघेपछि ।
इन्धन थोरै भएकाले काठमाडौँसम्म आउन पर्याप्त थिएन । त्यही भएर ढाकामा केहीबेर रोकी इन्धन भरेर आउँदा बिहान साढे तीन जति भएको थियो । बेइजिङमा दुईजना चिनियाँलाई संक्रमणको आशंकाका कारण झारेपछि हामी सबै यात्री त्राहिमाम भएका थियौँ । हामीमा त्यस्तो संकेत थिएन तर सबैमा मनोवैज्ञानिक त्रासचाहिँ थियो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण