सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिन नसक्दा निराशा बढेको बताएका छन् ।
- उनले व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थितिका लागि सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे ।
- उनले वर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिने कार्यक्रम घोषणा गर्ने र स्थानीय, प्रदेश, तथा सङ्घको चुनावमा आफ्नो पार्टीले जित्ने दाबी गरे ।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् । पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिक मात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।
निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे । दुई तिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनले बताए । उनले आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहेपनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने सङ्केत नदेखिएको तर्क गरे ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताए । अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठुलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।
उनले वर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी समेत दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरूले गर्ने उनको भनाइ छ ।
उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको सङ्घको चुनावमा उज्यालो नेपाल बाहेक जनताले अरू कुनै पार्टी नरोज्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण