केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस !
केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधाआधाको हिस्सा भएको हो ।
पूर्व एमालेभित्र केपी ओली–माधव नेपालका अलग अलग ढिक्का कित्ता ! पेलाई वा अति निषेधपछि बरु नेतृत्व र अवसर प्रचण्डहरुमै जाओस् भन्ने माधव समूह पुगेको देखिन्छ । र, अर्को वर्ष हुने भनिएको महाधिवेशनमा पनि यही कुरा प्रकट हुने प्रष्ट हुन्छ ।
एकजना पूर्व एमाले नेता भन्छन्, ‘प्रचण्डले आफ्नो कोटा जसरी पनि लिन्छन् । केपीले पेल्ने त माधवलाई मात्र हो ।’ किनभने महाधिवेशनमा १०५९ र १००३ मत बाँडिदा ५६ मतले अध्यक्ष हारेको र ५५/४५ को अनुपातले पछि परेको कारण पनि केपीले माधवसँग त्यस्तो व्यवहार गरिरहेको ती नेताको ठम्याई छ ।
एमालेमा मन भाँडिदाको लाभ स्वभाविक रुपमा पूर्व माओवादीले लिए, भोलि पनि लिनेछन् । यो शृङ्खला महाधिवेशनसम्म पुग्ने लक्ष्ण देखिँदैछ । त्यसो त केपीले गरेको माओवादीसँगको आकस्मिक एकता पनि आफू सुरक्षित बहुमतमा रहने अभियानको एक हिस्सा थियो भन्ने माधव पक्षको बुझाइ छ ।
कस्तो भने, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै नियुक्तिमा एक पक्षको हालीमुहाली । यसपछिका हरेक राजनीतिक नियुक्ति, राजदूत संवैधानिक अंगका पदाधिकारी, न्यायाधीश नियुक्तिदेखि न्यायपरिषद् सदस्यसम्ममा एकलौटी भयो । त्यसले माधव पक्षमा कस्तो मानसिकता निर्माण गर्यो भने केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण