प्रदेश ५ मा वातावरण संरक्षण विधेयक पेश
बुधबार, २२ माघ २०७६, १६ : ३३
दाङ । प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् । यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो भन्ने प्रश्न गरेका थिए । उनले भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भन्दै प्रश्न समेत गरे । अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गरिन् । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण