बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा वातावरण संरक्षण विधेयक पेश

बुधबार, २२ माघ २०७६, १६ : ३३
बुधबार, २२ माघ २०७६

दाङ । प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गरेकी थिइन् । यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा  वितरण गर्ने अधिकार कुन तहलाई हो भन्ने प्रश्न गरेका थिए । उनले भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भन्दै प्रश्न समेत गरे । अर्का सदस्य कल्पना पाण्डेले  प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गरिन् । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप