गीतसंगीतले दर्शक हलसम्म तान्न सक्छः गायक प्रमोद
बिहीबार, २३ माघ २०७६, १२ : ०४
दाङ । गायक प्रमोद खरेलले चलचित्र राम्रो र व्यवसायिक हुनका लागि गीत संगीतमा समेत मिहिनेत गर्नुपर्ने बताएका छन् ।
सुगम संगीतका अलवा चलचित्रको पाश्र्व गायनमा समेत व्यस्त खरेलले चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रको गीतसंगीत बलियो भयो भने मात्र फिल्मले चर्चा र दर्शक पाउँने बताए ।
‘गीत संगीतले दर्शक हलसम्म ल्याउने क्षमता राख्छ’ खरेलले भने ‘त्यसका लागि मौलिककता खोजिनु पर्छ ।’
चलचित्र पत्रकार संघ दाङ साखाका अध्यक्ष शिव पुनको अध्यक्षता सम्पन्न कार्यक्रममा खरेलले गीत संगीतमा लाग्नेलाई माटो सुहाउँदो श्रृजना गर्न समेत सुझाए ।
गीत संगीतमा दर्शक तान्ने ठूलो शक्ति र उर्जा भएकै कारण निर्माण युनिटले यसमा ठुलो लगानी गर्ने गरेको बताएका खरेलले गीतका कारण फिल्म चलेका केही उदाहरण समेत पेस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण