जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
शुक्रबार, २४ माघ २०७६, १५ : २५
काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका-५ घर भएका २८ वर्षीय कृष्ण नेपाली सहित ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया
-
भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण
-
फेवातालको जग्गा संरक्षण : सर्वोच्चको फैसलाविरुद्ध रिट हेर्दै सर्वोच्च अदालत
-
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा
-
गर्मीले जनजीवन कष्टकर
-
बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग