जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
शुक्रबार, २४ माघ २०७६, १५ : २५
काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका-५ घर भएका २८ वर्षीय कृष्ण नेपाली सहित ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण