ललितपुरमा बालबालिकालाई यातना दिने बालगृहका सञ्चालक पक्राउ, सात बालबालिकाको उद्धार
ललितपुरमा सञ्चालन हुँदै आएको बालगृहका सञ्चालक पक्राउ परेका छन् । ललितपुरको भैंसेपाटीमा रहेको श्री पुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खाती पक्राउ परेका हुन् ।
बालगृहमा कुटपिट र यातना भएपछि भागेका बालबालिकालाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीले उद्धार समेत गरेको छ ।
महानगरी प्रहरी प्रभाग ललितपुरबाट खटिएको प्रहरी टोलीले बालगृहमा हुने यातना सहन नसकि संस्था छोडेर हिँडेका बालबालिकाको बयानका आधारमा सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
संस्था छोडेर हिँडेका बालबालिकाहरुले प्रहरीलाई संस्थामा बालबालिकामाथि कुटपिट गरिने, यातना दिने र बालमैत्री वातावरण नभएकोले संस्था छोडेको बताएका थिए ।
बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले फेला पारी बालबालिका खोजतलास समन्यव केन्द्रमा ल्याइएको छ ।
सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटा रहेको समन्वय केन्द्रले जनाएको छ ।
बालबालिकाहरुलाई सडकमा वेवारिसे अवस्थामा भेट्टाएकाले सोधपुछ गरी सञ्चालकलाई पक्राउ गरिएको समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहन वदाहालले जानकारी दिए ।
सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौँ पठाएको बताइन् । आशाका अनुसार पढाइदिने र टेबलमा बसेर खान दिइने भनी बालगृहमा ल्याइएको थियो ।
बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् । दुई वर्षदेखि त्यस बालगृहमा बस्दै आएकी ९ वर्षीया योना विकका अनुसार बालगृह सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण