शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पन्ध्र वर्ष पुराना जहाज आयातमा प्रतिबन्ध !

आइतबार, २६ माघ २०७६, ०६ : ३३
आइतबार, २६ माघ २०७६

१५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा तयार गरेको छ । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने व्यवस्था रहेकोमा नयाँ मस्यौदामा त्यस्तो समय घटाइएको हो ।

मस्यौदामा प्रेसराइज जहाजको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफ ५० प्रतिशत पूरा गरेको वा ३५ हजार प्रेसराइजेसन साइकल पूरा गरेकामध्ये जुन पहिला आउँछ त्यस्तो जहाजको आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ । 

यसअघि हवाई नीति २०६३ मा प्रेसराइज जहाजको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफ ७५ प्रतिशत पूरा गरेको वा ४५ हजार प्रेसराइजेसन साइकल पूरा गरेको जहाज आयातमा प्रतिबन्धको व्यवस्था थियो । ठूला आकार र धेरै उचाइमा उडान गर्ने जहाज प्रेसराइज जहाज हुन् । यो समाचार आजको गोरखपत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप