मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

इजिप्टको मिस इकोमा नेपालको प्रतिनिधि अनुश्मा

आइतबार, २६ माघ २०७६, १७ : ०७
आइतबार, २६ माघ २०७६

काठमाडौं । अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने उक्त प्रतियोगितामा अनुश्मालाई ग्रिन आर्ट मिडिया पठाउन लागेको हो । 

शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो ।  रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनयले ताज लगाई दिएकी थिइन् । 

रायमाझीले आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२०’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।

रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए । मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । २० वर्षीया पुरानो बानेस्वर निवासी रायमाझीले भनिन्, ‘प्रतियोगीतामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२०को समेत प्रचार गर्नेछु ।’

गतवर्षकी सहभागी मुना गौैचन प्रतियोगिताको टप २० मा पुग्न सफल भएकी थिइन् । यस बर्षकी  सहभागीले उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
२०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप